२०८३ बैशाख २१ गते , सोमबार
कोशी सरकार र पहिचानवादीबिच पाँच बुँदे सहमति
बिर्तामोड । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।
सहमति केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ ।
वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने सहमति भएको छ ।
छलफलमा पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने, पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र अर्को वार्ता १० गते भित्र बस्ने सहमति भएको जनाइएको छ ।