२०८३ बैशाख २१ गते , सोमबार
कोशीको मन्त्री मण्डल विस्तार, आज सपथ हुने
बिर्तामोड । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी, थापा–स्वास्थ्य, राज्यमन्त्री, कार्की– सामाजिक विकास र मगर– खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बन्ने भएका छन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।