२०८३ बैशाख २१ गते , सोमबार
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको अधिवेशन २७ गते
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समितिको अधिवेशन माघ २७ गते हुँदैछ ।
अधिवेशनको प्रमुख अतिथीका रुपमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आउने अधिवेशन आयोजक समितिका संयोजक सन्तोष कडरियाले जानकारी दिए । उनका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । पार्टीका नगर अध्यक्ष रञ्जु प्याकुरेलको अध्यक्षतामा हुने कार्यक्रमबाट नयाँ समिति चयन हुने पार्टीका बिर्तामोड वडा नम्बर १ का अध्यक्ष जनक खड्काले बताए । कार्यक्रम बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा हुनेछ ।
संगठनलाई सुदृढीकरण गर्दै पार्टीलाई चलायमान बनाउन लागिएको खड्काले बताए ।