२०८३ बैशाख २१ गते , सोमबार

उवा संघ बिर्तामोडमा एक्लियो कांग्रेस

sajilo news
परिवेश मिडिया
२०८० माघ १७ गते , बुधबार
उवा संघ बिर्तामोडमा एक्लियो कांग्रेस

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कांग्रेस एक्लै भिड्ने भएको सत्ता गठबन्धनका दलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी एमालेसँग मिलेपछि कांग्रेस एक्लिएको हो

केहि दिन अघि नै राप्रपा बाहेकका दलहरुले एमालेसँग समिकरण गरिसकेका छन् उनीहरुले समिति नै निर्माण गरेर काम गरिरहेका छन् राष्ट्रिय सभाको चुनावमा कोशी प्रदेशमा एमालेसँग चिढिएको राप्रपा आफुतिर आउने अनुमानपनि कांग्रेसको लागि समाप्त भएको

महासचिव पद कांग्रेसले नदिने भएपछि राप्रपापनि एमालेसहितको टिममा गएको

अन्य दलहरु एकातिर भएपछि यति बेला नेपाली कांग्रेस निकट व्यवसायीहरु एक्लै भिडन् मुडमा पुगेका छन्

विगत चार दिनदेखि वार्ता जारी रहँदा राप्रपाले महासचिव पद नछोडेपछि दुई पार्टीबीच सहमति हुन नसकेको हो दुवै पार्टीको बटमलाइन महासचिव पद रहेको आफूहरुले राप्रपालाई एउटा उपाध्यक्ष , एउटा सचिव , सहकोषाध्यक्ष एउटा सदस्य पद दिँदा नमानेको कांग्रेसका एक सदस्यले बताए बुधबारको वार्तामा राप्रपाले आफूहरुको प्रस्ताव ठाडै अस्वीकार गरेको उनले जानकारी दिए अबको दुई दिनसम्म राप्रपालाई पर्खिएर त्यसपछि उम्मेदवारको टुंगो लगाउने उनले बताए त्यसो कांग्रेस एमालेसँग बार्गेनिङ गर्दै आएको राप्रपाले महासचिवको उम्मेदवारको रुपमा कृष्ण पौडेलको नाम घोषणा गरिसकेको हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको कांग्रेसले संजीव घिमिरे, कुशल खतिवडा , विशाल थापा , जीवन खड्का , पुकार बराल , राधिका चुडाल , दीपक मित्तल , राजकुमार शाहलाई उम्मेदवारको रुपमा अघि सार्ने भएको उनीहरुलाई कुन कुन पद दिने भनेर टुंग्याउन बाँकी रहेको जनाइएको

सम्बन्धित समाचार