२०८३ बैशाख २१ गते , सोमबार

माओवादीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न प्रधानमन्त्रीको आग्रह

sajilo news
परिवेश मिडिया
२०८० माघ १५ गते , सोमबार
माओवादीमाथि भइरहेको प्रहारको प्रतिवाद गर्न प्रधानमन्त्रीको आग्रह

बिर्तामोड । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय माओवादीमाथि विभिन्न प्रहार भइरहेको बताएका छन् उनले सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन्

प्रेस सेन्टर नेपालको विरगञ्जमा सम्पन्न २०औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीमाथि भइरहेको त्यस्ता प्रहारको प्रतिवाद गर्न अझै मेहनत बढाउन पत्रकारहरूलाई आग्रहसमेत गरे

उनले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् सोसल मिडिया स्थिरता शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको समेत उनले बताए त्यसका लागि एउटा तप्का लागिपरेको प्रधानमन्त्रीको भनाई थियो  

सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्वको प्रतिवाद भइरहेको छैन अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ

अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरे विगतमा साप्ताहिक पत्रिकाले राजनीतिक परिवर्तनका लागि ठुलो भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले अहिले युग परिवर्तन भएकोले नयाँ ढङ्गबाट सोच्नुपर्ने दिन आएको बताए

सम्बन्धित समाचार