२०८३ बैशाख २१ गते , सोमबार

पार्टी नेतृत्वमा अहिले आफ्नो विकल्प छैन : अध्यक्ष प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८० माघ १३ गते , शनिबार
पार्टी नेतृत्वमा अहिले आफ्नो विकल्प छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन्

अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे

उनले भने,‘मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी भन्ने मेरो ठहर मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् उनीहरुले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन हाम्रो काम होत्यस्तो वातावरण बनाइदिनु हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौँ

अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए

सम्बन्धित समाचार