२०८३ बैशाख २१ गते , सोमबार

आजदेखि संवाद यात्रामा निस्कँदै कांग्रेस महामन्त्री थापा

sajilo news
परिवेश मिडिया
२०८० माघ १३ गते , शनिबार
आजदेखि संवाद यात्रामा निस्कँदै कांग्रेस महामन्त्री थापा

काँकरभिट्टा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट संवाद यात्रा सुरु गर्दैैछन् महामन्त्री थापाले आज विहान बजे झापाको मेची पुलबाट यात्रा आरम्भ गर्ने भएका हुन्

समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको

महामन्त्री थापाले शनिबार विहान बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन्

पार्टीका कार्यकर्ताहरू जनताका गुनासा सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्मसमुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन्

महामन्त्री थापा शनिवार विहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले  जनाएको

थापाले बुधबार विहान १० बजे कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि बजेसम्म झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको त्यसैगरी, कुन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो बजे खजुरागाछीमा खुला संवाद गरी बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर पुग्ने कार्यक्रम रहेको संवाद यात्रा माघ २६ गते सकिनेछ थापाले हुलाकी मार्ग आसपासको क्षेत्रमा यात्रा गर्न लागेका हुन्

सम्बन्धित समाचार