२०८३ बैशाख २१ गते , सोमबार

कांग्रेसबाट निरन्तर धोका भएको माओवादी केन्द्र कोशीको निष्कर्ष

sajilo news
परिवेश मिडिया
२०८० माघ १३ गते , शनिबार
कांग्रेसबाट निरन्तर धोका भएको माओवादी केन्द्र कोशीको निष्कर्ष

झापा नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गठबन्धनमा नेपाली कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको हो

बैठकले कांग्रेससँग सहकार्यका विषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने निर्णय गरेको बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्

शुक्रबार बसेको पार्टीको छैटौं पूर्ण बैठकले कांग्रेसबाट धोका भएको निष्कर्ष निकाल्दै सहकार्यका लागि गम्भीर समिक्षा गर्नु पर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सोले बताए

निर्वाचनमा मुलत कांग्रेसबाट धोका भएको निष्कर्ष निकालियो,’ उनले भने,‘यो गठबन्धनको निरन्तरता सहकार्यका लागि गम्भीर चुनौती रहेको आगामी सहयात्राका लागि केन्द्रसँग समन्वय गरेर निर्णय गर्ने निर्णय भयो

 

 

सम्बन्धित समाचार