२०८३ बैशाख २१ गते , सोमबार

राष्ट्रियसभामा मतदान गर्न गएनन् बालेन

sajilo news
परिवेश मिडिया
२०८० माघ ११ गते , विहीबार
राष्ट्रियसभामा मतदान गर्न गएनन् बालेन

काठमाण्डौ काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन्

उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने

एमालेबाट निर्वाचित काठमाण्डौ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् बागमती प्रदेशका सिटका  दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजाल भिड्दै छन्

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको

यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको बागमती प्रदेशमा  ११० प्रदेशसभा सदस्य २३७ पालिका प्रमुखउपप्रमुख गरी ३४७ मतदाता छन्

सम्बन्धित समाचार