२०८३ बैशाख २१ गते , सोमबार

राष्ट्रियसभाका उम्मेदवार कार्की र सिटौला झापामा

sajilo news
परिवेश मिडिया
२०८० पौष २६ गते , विहीबार
राष्ट्रियसभाका उम्मेदवार कार्की र सिटौला झापामा

बिर्तामोड राष्ट्रियसभाका उम्मेदवारहरु चम्पादेवी कार्की कृष्णप्रसाद सिटौला झापा  आएका छन् उनीहरु मतदाता भेटघाट कार्यक्रमका लागि बिहीबार झापा आएका हुन्

कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी कार्की नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सिटौलाले बिहीबार झापाको बिर्तामोडमा आयोजित एक संक्षिप्त कार्यक्रममा गठबन्धनको तर्फबाट विजयी झापाका पालिकाका प्रमुख उपप्रमुखसँग भेटघाट गरेका हुन् आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा गठबन्धन दलसँगको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो  

महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताए महामन्त्री शर्माले शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि  गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुलाई आह्वान गरे

प्रदेश बाट गठबन्धनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजक भएर संविधान निर्माण गर्न अत्यन्तै महत्वपूर्ण कार्य गरेको भन्दै शर्माले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा उनको आवश्यकता औंल्याए

यसैगरी नेकपा माओवादीका तर्फबाट उम्मेद्वार चम्पादेवी कार्कीले निर्वाचनले राष्ट्रिय महत्व राख्ने बताउँदै गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरिन्

कार्यक्रममा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामीले धन्यवाद ज्ञापन गरे

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेत, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी मोहन टुडु, नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य गोमा भट्टराईनेकपा समाजवादीका बेदराज रेग्मी, नेकपा माओवादी केन्द्र झापाका सहइञ्चार्ज सीपी कडरिया, प्रदेशसभा सांसद, पालिकाका प्रमुख उपप्रमुख, गठबन्धन दलका नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो कार्यक्रम नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सञ्चालन गरेका थिए

गठबन्धन दलको निर्वाचन परिचालन समिति गठन

यसै बिच माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन परिचालनका गठबन्धन दलले झापामा निर्वाचन परिचालन समिति गठन गरेको गठबन्धन दल, राष्ट्रियसभाका उम्मेद्वार, सांसद पालिका प्रमुख-उपप्रमुखको संयुक्त बैठकले नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमाराष्ट्रियसभा निर्वाचन २०८०, निर्वाचन परिचालन समिति गठन गरेको हो

समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट राम कट्टेल कृष्ण हुमागाई, नेकपा माओवादीका राजु आचार्य (अग्नी) मोहन टुडु, नेकपा समाजवादीका बेदराज रेग्मी वीपी भट्टराई, जनता समाजवादीका दिपेनवाला राई गौरीमान राई रहेका छन्

नवगठित निर्वाचन परिचालन समितिको आजै सम्पन्न बैठकले गठबन्धन दलको कोशी प्रदेश समितिले तय गरेका उम्मेद्वारको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुसार  कार्यक्रम अघि बढाउने निर्णय गरेको

सम्बन्धित समाचार