२०८३ बैशाख २१ गते , सोमबार

युद्धमा हात गुमाएकी चम्पा : वडा सदस्य हुँदै राष्ट्रिय सभा उम्मेदवारसम्म

sajilo news
परिवेश मिडिया
२०८० पौष २३ गते , सोमबार
युद्धमा हात गुमाएकी चम्पा : वडा सदस्य हुँदै राष्ट्रिय सभा उम्मेदवारसम्म

बिर्तामोड २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी ओखलढुंगाको मुलखर्ककी ५० वर्षीया चम्पादेवि कार्की अब राष्ट्रिय सभाको सदस्यको उम्मेदवार बनेकी छिन्

नेकपा एमालेबाट साविक मूलखर्क गाविस वडा नम्बर मा महिला सदस्यका रूपमा निर्वाचित भएको करिब २६ वर्षपछि उनी राष्ट्रिय सभामा पुग्न लागेकी हुन्

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं ओखलढुंगा जिल्ला इञ्चार्ज रहेकी कार्कीले सत्तारुढ गठबन्धनको तर्फबाट माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि कोशीको महिला कोटामा उम्मेदवारी दिएकी छन् प्रदेशमा गठबन्धनको मतभार प्रतिस्पर्धी एमालेभन्दा फराकिलो अन्तरले धेरै रहेकोले उनको विजय करिब निश्चित जस्तै

२०५४ सालमा वडा सदस्य भएपनि कार्यकाल पुरा नगर्दै २०५६ बाट माओवादी जनयुद्धमा होमिएकी कार्की तीन पटक समानुपातिक उम्मेदवार सुचीमा परेपनि माननीय हुन भने पाएकी थिइनन् संविधान सभाको दुई वटै निर्वाचन गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार रहेकी उनको नाम बन्द सूचीमै सीमित भएको थियो

बन्दसुचीबाट नाम फिर्ता लिएर बसेकी कार्की यसपटक भने राष्ट्रिय सभाको सुरक्षित निर्वाचनको उम्मेदवार बनेकी हुन् अनेम संघ क्रान्तिकारी केन्द्रीय कमिटीकी सचिवसमेत रहेकी कार्की जनयुद्धमा छापामार बनेर युद्ध लडेकी घाइते योद्धासमेत हुन्

जनयुद्धमा भएको लडाइको क्रममा उनले आफ्नो दाहिने हात गुमाएकी छन् २०५७ को वैशाखमा छापामारका रूपमाहोलटाइमर बनेर जनयुद्धमा होमिएकी उनी २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा घाइते भएकी थिइन् त्यहि लडाइमा उनको हात गुमेको हो

मोर्चामा पनि संलग्न थिएँ,’ युद्धका कुरा धेरै नगरौं भन्दै उनले भनिन्, ‘ ओखलढुंगामा ब्लकिङमा खटिएको थिएँ त्यही मोर्चामा बम आक्रमणमा परेँ मेरो दाहिने हात गुम्यो राजनीतिक यात्राको सुरूवात पद सत्ताका लागि नगरेको भन्दै उनले मुक्ति स्वतन्त्रताका लागि लागेर युद्ध लडेर ल्याएको व्यवस्थामै जनप्रतिनिधि बन्ने क्रममा खुसी लागेको बताइन्

जनयुद्धको घाइते योद्धा पनि भएकोले उनलाई उम्मेदवार बनाउने निर्णयले माओवादी कार्यकर्ता पंक्तिले पनि न्यायको रुपमा लिएको आकांक्षी स्वाभाविक रूपमा धेरै हुन्छौं, अवसर पाउने थोरै हुन्छौं,’ कार्कीका प्रस्तावक बनेका कोशी प्रदेशका पर्यटनमन्त्रीसमेत रहेका गणेशप्रसाद उप्रेती (सुशील)ले थपे, ‘पार्टीको पुरानो इमान्दार योद्धालाई उम्मेदवार बनाउने विषयले उहाँको योगदानको कदर भएको

हाल ओखलढुंगाको सुनकोशी की बासिन्दा कार्कीका श्रीमान खड्ग योगी पनि माओवादीको सक्रिय राजनीतिमा छन् उनी पार्टीका प्रदेश कमिटि सदस्य हुन्

सम्बन्धित समाचार