एमालेले सुनसरी र भोजपुरका एक एक सहित राष्ट्रिय सभाका लागि १९ उम्मेदवार चयन
झापा । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा (एमाले)ले उमेदवारको नाम तय गरेको छ । एमालेले प्रत्येक प्रदेशबाट न्यूनतम दुई जनाका दरले १९ जना उम्मेदवार चयन गरेको हो ।
महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा) र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) लाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता र अल्पसङ्ख्यकबाट विवेक देवकोटा (काठमाडौँ) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उम्मेदवार रहेका छन् ।
पार्टीले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता र अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवार रहेका छन् ।
कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाइएको छ । उता सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता र अल्पसङ्ख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् ।