२०८३ बैशाख २१ गते , सोमबार
बिर्तामोड उवा संघ अध्यक्षमा एमालेले अघि सार्यो मैनालीलाई
बिर्तामोड । व्यवसायीहरुको छाता संस्था बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । नेकपा एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडले मैनालीलाई अध्यक्षको रुपमा अघि सारेको हो ।
मैनाली बिर्तामोड उद्योग वाणिज्य संघका वर्तमान महासचिव हुन् ।
मैनालीलाई नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत बिस्तारित भेला आयोजना गरि अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । उनलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो । अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
उवा संघको निर्वाचन आगामी फागुन १४ गते हुँदैछ ।