२०८३ बैशाख २१ गते , सोमबार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

sajilo news
परिवेश मिडिया
२०८० पौष १० गते , मंगलबार
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

झापा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको

यसअघि दिउँसो तीन बजेका लागि तय भएको कार्यक्रम पाँच बजेका लागि सारिएको हो

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन्

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने यसअघि प्रचण्ड २०६४ ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए

प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन्

सम्बन्धित समाचार