२०८३ बैशाख २१ गते , सोमबार

आज पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती

sajilo news
परिवेश मिडिया
२०८० पौष ८ गते , आईतबार
आज पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती

झापा आज सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले विमर्श सभा गर्दै कांग्रेसलेआदर्शको राजनीति, विधिको शासन किसानजीको योगदान विषयक विमर्श सभा गर्न लागेको हो

सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् दिउँसो १:१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुनेछ

सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन् वि.सं. १९८१ पुस मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन्

सम्बन्धित समाचार