२०८३ बैशाख २१ गते , सोमबार

मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने, पहिचानवादीले विरोध नगर्ने

sajilo news
परिवेश मिडिया
२०८० पौष ६ गते , शुक्रबार
मिक्लाजुङमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने, पहिचानवादीले विरोध नगर्ने

बिर्तामोड प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मोङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत अध्यक्ष दाहाल आज मिक्लाजुङ स्थित खोलीखेलको खेल मैदानमा आउन लागेका हुन्

कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बिराटनगर आइसकेका छन् उनी कान्छी छोरी गंगा दाहालको घरमा बसेका छन् प्रचण्डले आज १० बजे मिक्लाजुङमा आयोजित सभालाई सम्बोधन गर्नेछन्

नेकपा माओवादी केन्द्रलेघरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ केन्द्रदेखि पालिका स्तरसम्मका सबै नेताहरुलाई अन्तरपालिका अभियानमा खटाएको सबै प्रदेशको एउटा एउटा वडामा जाने कार्यक्रम अन्तर्गत अध्यक्ष प्रचण्डको कार्यक्षेत्र मिक्लाजुङ परेको थियो

यसैबिच यसैबीच प्रदेश नं पुनः नामांकन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा कुनै अवरोध नगर्ने जनाएको समितिले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री सहभागी कार्यक्रममा कुनै अवरोध नगर्ने तर प्रदेशका कुनै मन्त्री तथा सांसदहरु सहभागी नगराउन आग्रह गरेको  

अध्यक्ष प्रचण्ड मिक्लाजुङको कार्यक्रमलाई सम्बोधन गरेर बिराटनगरमा शुरु हुन लागेको ट्रेड एक्स्पो उद्घाटनमा जाने कार्यक्रम रहेको

सम्बन्धित समाचार