झापाबाट ४ र सुनसरीबाट ५ जना बन्दकर्ता पक्राउ
बिर्तामोड । प्रहरीले झापाबाट ४ जना समेत गरि कोशीबाट ९ जना बन्दकर्ता पक्राउ गरेको छ ।
कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना पहिचानवादी पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ (अध्यक्ष) हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह-सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह-सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका-३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका-७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन ।
पहिचानवादी समुहले पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै मंसिर ३० र पुस गते बन्दको आह्वान गरेका छन ।