२०८३ बैशाख २१ गते , सोमबार

मुलुकको समृद्धीका लागि एमाले सरकार आवश्यक : एमाले अध्यक्ष ओली

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ३० गते , शनिबार
मुलुकको समृद्धीका लागि एमाले सरकार आवश्यक : एमाले अध्यक्ष ओली

फिदिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गरेका छन् शनिबार पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान विकासको समृद्धि आउने उनले बताए

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए

ओलीले भने, ‘देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक

यस्तै उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, अशान्ति बढेर गएको बताए उनले भने, ‘देश विकास हुन सकेको छैन् देश कङ्गालीतर्फ धकालिदैछ सरकारको बेइमानी चिर्न तपाईंहरुले एमालेलाई विश्वास गर्न जरुरी

कृषि उत्पादन प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने ओलीको भनाइ

सम्बन्धित समाचार