२०८३ बैशाख २१ गते , सोमबार

अटिजम भएका बालबालिकाका अभिभावकका लागि पीसीटी तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २९ गते , शुक्रबार
अटिजम भएका बालबालिकाका अभिभावकका लागि पीसीटी तालिम सम्पन्न

बिर्तामोड अटिजम भएका बालबालिकाका अभिभावकका लागि प्यारेन्ट चाइल्ड ट्रेनिङ (पीसीटी) झापाको बिर्तामोडमा सम्पन्न भएको न्याय विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले पहिलो पटक आयोजना गरेको अढाई महिने तालिम बिहीबार सम्पन्न भएको हो

अटिजम भएका बालबालिकाका अभिभावकहरुले बालबालिकासँग कस्तो व्यवहार गर्नु पर्छ, बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउन के गर्नु पर्छ भन्ने ज्ञान दिन तालिम आयोजना गरिएको कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए अटिजम भएका बालबालिकाहरुको सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार हुने हुँदा अभिभावकहरुका लागि तालिम आवश्यक हुन्छ पीसीटी तालिम ललितपुरको हरिसिद्धीमा अटिजम केयर सोसाइटीले मात्र सञ्चालन गर्ने हुँदा अभिभावकहरुलाई त्यहाँ गएर तालिम लिन महंगो असहज हुने भएका कारण झापामा तालिम गराउन पहल गरिएको कार्यक्रम संयोजक चुडालले बताए

पीसीटी तालिम सञ्चालन गर्न सन् २०२४ को डिसेम्बरसम्मका लागि अष्ट्रेलियन दुताबाससँग सम्झौता भएको उनले बताए एक व्याचमा पाँच जना अटिजम भएका बालबालिकासहित अभिभावकलाई तालिम दिइने तालिमका लागि दुई जना प्रशिक्षक रहेको उनले जानकारी दिए चुडालका अनुसार ती प्रशिक्षकहरुलाई पनि छात्रवृत्ति दिएर पढ्न पठाएको थियो भने अहिले दुई जनालाई डिप्लोमा कोर्षका लागि छात्रवृत्ति दिएर पढ्न पठाएको

कार्यक्रममा सहभागी अभिभावकहरुले तालिम पश्चात पुनः बालबालिकाहरु घरमा नै बस्दा व्यवहार परिवर्तनमा समस्या हुने भएकाले राज्यले नै थेरापी सेन्टर सञ्चालन गर्नुपर्ने बताए निजी थेरापी सेन्टरमा बालबालिकाहरुको उपचार गर्न अत्यन्त महंगो हुने, एक जना अभिभावक बालबालिकासँगै हुनु पर्ने भएकाले खर्च धान्न गाह्रो हुने हुँदा राज्यले नै व्यवस्था उनीहरुले माग गरेका छन्

झापाको बिर्तामोडस्थित महेन्द्ररत्न मावि दमकको सरस्वती माविमा अटिजम भएका बालबालिकाका लागि सामान्य स्रोत कक्षा सञ्चालनमा रहेका छन् तर, राज्यले आवश्यक पूर्वाधार निर्माण जनशक्ति व्यवस्थापन गर्न नसक्दा ती केन्द्रहरु व्यवस्थित रुपमा सञ्चालित हुन सकेका छैनन् ती केन्द्रहरुमा पनि एसएनजेडीले सहजीकरण सहयोग गर्दै आएको

सम्बन्धित समाचार