२०८३ बैशाख २१ गते , सोमबार

विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्छ : अनिल बिरही

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २८ गते , विहीबार
विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्छ : अनिल बिरही

बिर्तामोड नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले राजनीतिक रुपमा मुलुकमा संकट रहेको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताएका छन् बिहीबार बिर्तामोडमा आयोजित पूर्वी गर्जन पत्रिकाको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै बिरहीले त्यस्तो बताएका हुन्  

उनले पूर्व राजातर्फ संकेत गर्दै मुलुकको संकट टार्न भन्दै मुर्ती बेच्नेहरु लागि परिरहेको विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्ने बताए संक्रमणको फाइदा उठाउँदै कलाकार मार्नेहरु, मुर्ती बेच्नेहरु राजनीतिक समाधान निकाल्ने भन्दै लागि रहेका छन,’ उनले भने,‘उनीहरुले समाधान कदापी दिँदैनन्, विदेशीको आडमा चलखेल गरे नागार्जुनबाट सँधैका लागि भाग्नु पर्छ मुलुकको समस्या हल गर्ने भन्दै नयाँ शक्तिको नाममा विभिन्न व्यक्तिहरु देखिएपनि उनीहरुबाट निकास ननिस्कने विरहीले जिकिर गरे दलाल पुँजीवादी व्यवस्थाले समाजलाई समाधान नदिएको भन्दै विरहीले अहिलेको प्रणालीमा नै समस्या रहेको औँल्याए सबैले समाजवाद भनेपनि नेपाली विशेषताको समाजवाद आवश्यकता रहेको बताए

कार्यक्रमका प्रमुख अतिथी बिरहीले सञ्चार क्रान्तिको अभिन्न अंग भएपनि अहिले सुचना क्रान्ति हो कि प्रतिक्रान्ति भन्ने प्रश्न जन्मिएको बताए सञ्चार क्षेत्रको काम मानिसहरुलाई सुचनाको भ्रमबाट बाहिर ल्याउने रहेको बताउँदै पूर्वी गर्जनले मानिसहरुलाई सहि सुचना दिन सकोस भन्दै शुभकामना दिए    

 

सम्बन्धित समाचार