२०८३ बैशाख २१ गते , सोमबार

पहिचानवादी नेता पाण्डवलाल चौधरीलाई पाँच दिन म्याद थप

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २८ गते , विहीबार
पहिचानवादी नेता पाण्डवलाल चौधरीलाई पाँच दिन म्याद थप

बिर्तामोड । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्धामा अनुसन्धान बढाइएको हो । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै मंगलवार राति प्रहरीले बलपूर्वक पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।

कालो झण्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको डीएसपी रिजालले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगामुढामा सम्लग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिचानवादी समूहले कोशी नामाकरणमा असन्तुष्ट जनाउँदै सरकारमा सहभागि दलका नेता सहभागि कार्यक्रम विथोल्दै आएका छन् ।

सम्बन्धित समाचार