२०८३ बैशाख २१ गते , सोमबार

केचना–सगरमाथा बेस क्याम्प पद यात्रामा निस्कँदै कांग्रेस

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
केचना–सगरमाथा बेस क्याम्प पद यात्रामा निस्कँदै कांग्रेस

बिर्तामोड प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसले अब झापाको केचनादेखि सगरमाथासम्मको पदयात्रा संचालन गर्ने बताएका छन्

धनकुटामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै थापाले केही समयभित्र नै नेपालको सवैभन्दा होचो भुभाग झापाको केचनादेखि शुरु गरेर विश्वको सवैभन्दा अग्लो सगरमाथाको वेश क्याप्पसम्मको पदयात्रा संचालन गर्ने बताए

पार्टी संगठन विस्तार गर्दै यस प्रदेशको विकास समृद्धिका लागि अध्ययन अवलोकनका साथ छलफल अन्र्तक्रिया गर्ने थापाले बताए कोशी प्रदेशमा कांग्रेसले नेता कार्यकर्ताहरुको उचित मुल्यांकन गर्दै जिम्मेवारी पनि प्रदान गर्दै नयाँ ढंगबाट पार्टी संचालन गर्ने उनको भनाई

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व प्रदेशमन्त्री प्रदिप सुनुवारले मुलुकको समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गरे धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नगर उपसभापति अभिषेक कर्माचार्य लगायतले नेपाली कांग्रेसलाई अव यूवाहरुको भावना अनुरुप अगाडी बढाउनु पर्नेमा जोड दिँदै पार्टी संगठनका लागि विभिन्न सुझावहरु दिएका थिए

सम्बन्धित समाचार