२०८३ बैशाख २१ गते , सोमबार

मिलनसार साकोसको नयाँ कार्य समिति चयन, अध्यक्षमा पुनः बास्कोटा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १८ गते , सोमबार
मिलनसार साकोसको नयाँ कार्य समिति चयन, अध्यक्षमा पुनः बास्कोटा

बिर्तामोड मिलनसार बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारणसभा तथा ५औँ अधिवेशन सम्पन्न भएको लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै सोमबार साधारणसभा सम्पन्न भएको हो

चारबर्षे कार्यकालका लागि बास्कोटा अध्यक्षमा पुनः चयन भएका हुन् साकोसको उपाध्यक्षमा अजय देव, सचिवमा कैलाश पोखरेल, सहसचिवमा टिका खनाल कोषाध्यक्षमा पुण्यप्रसाद रिजाल चयन भएका छन्

त्यस्तै कार्यसमिति सदस्यहरुमा मिरा पाण्डे उप्रेती, मानकुमार श्रेष्ठ, दिनेश भट्टराई, रिता कोइराला, ज्ञाननाथ सिटौला पुष्प खड्का चयन भएको बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुखसमेत रहेका निर्वाचन अधिकृत डिल्ली दाहालले जानकारी दिए दाहालका अनुसार लेखा सुपरिवेक्षण समिति संयोजकमा चन्द्र बास्कोटा, रोजन तिम्सिना सुशिलकुमार अग्रवाल चयन भएका छन्

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले केहि सहकारीका सञ्चालकको गलत गतिविधीका कारण सहकारी अभियानमाथि नै प्रश्न खडा भएको बताए सरकारको तीन खम्बे अर्थनीति भित्रको सहकारीहरुका कारण बैंक पुग्न नसकेको ग्रामिण क्षेत्रमा समेत वित्तीय गतिविधी भइरहेको बताए पछिल्लो समय  सहकारीहरुले अन्तर्राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरेर अनुभव हासिल गरिरहेको भन्दै खुसी व्यक्त गरे उनले केहि व्यक्तिहरु आफुले लिएको ऋण तिर्नुपर्दैन भन्दै व्यवस्था विरुद्धको अभियानमा लागेको बताए सभामुख घिमिरेले आउँदो हिउँदे अधिवेशनमा सहकारीका समस्या समाधान गर्ने गरी सहकारीमैत्री ऐन सदनमा आउने विश्वास व्यक्त गरे

बिर्तामोड नगरपालिका सहकारी प्रमुख दाहालले बिर्तामोड क्षेत्रका राम्रा सहकारीहरुमा मिलनसार साकोसपनि रहेको बताए शेयर पूँजी, बचत, कर्जा लगानी, बाह्य ऋणआदिको तुलानात्मक अध्ययन गर्दा मिलनसारको अवस्था राम्रो भएको दाहालले बताए

कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा नवराज कोईराला, सविता श्रेष्ठ तारा घिमिरे साथै उत्कृष्ट ऋणीको रुपमा प्रेमप्रसाद मैनाली, मनमाया दमाई एकराज खनाललाई जनही एक हजार पाँचसय नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो त्यस्तै अघिल्लो समितिमा रहेर काम गरेका निवर्तमान सचिव दिनोज बजगाई, सदस्यहरु युवराज भट्टराई शारदा पाण्डेलाई सम्मान पत्रले सम्मानित गरिएको थियो

जामुनखाडी सिमसारमा भएको कार्यक्रमका अतिथिहरु सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुष्मा भण्डारी पौडेल, बुद्धनगर साकोसकी उपाध्यक्ष भिमकुमारी विष्ट स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए

२०६६ सालमा ४१ जना शेयर सदस्यहरुबाट लाख १० हजार शेयर पूँजी संकलन गरेर शुरु भएको मिलनसार साकोसमा हाल करोड ४१ लाख ७९ हजार सय रुपैँया शेयर पूँजी रहेको अध्यक्षले पेश गरेको प्रतिवेदनमा उल्लेख त्यस्तै संस्थाको मेरुदण्डको रुपमा रहेको जगेडा कोषमा ५३ लाख ८६ हजार ५४३ रुपैँया रहेको

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल विशिष्ठ अतिथिको रुपमा रहेका थिए कार्यक्रमको खुल्ला सत्र निवर्तमान सचिव दिनोज बजगाईले सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार