२०८३ बैशाख २१ गते , सोमबार

गृह जिल्लामा एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १० गते , आईतबार
गृह जिल्लामा एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

बिर्तामोड नेकपा एमालेका सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका- तोक्मेडाँडा बसपार्क नजिकै भट्टराई सवार गाडीमा ढुंगा प्रहार गरेका हुन्

आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश ०१००१ ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए

ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको उहाँ कार्यक्रम सकेर फर्किसक्नुभएको थियो, डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको , उनले भने

भट्टराईलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए

आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए

प्रदेश पुन नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो

सम्बन्धित समाचार