२०८३ बैशाख २१ गते , सोमबार

ओलीले झापा र बस्नेतले भक्तपुर प्रवेश गर्न प्रसाईसँग अनुमति लिनुपर्ने

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ६ गते , बुधबार
ओलीले झापा र बस्नेतले भक्तपुर प्रवेश गर्न प्रसाईसँग अनुमति लिनुपर्ने

बिर्तामोड झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् बिहीबार काठमाण्डौमा हुने कार्यक्रममा भाग लिन आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए

यस्तै ओलीको कम्युनिष्ट सिद्धान्त असफल भएको उनको जिकिर

ओलीको कम्युनिष्ट सिद्धान्त गएको अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ, उनले चेतावनी दिए

यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए ओली बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए

हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् हामीसँग पैसा नभए पनि  हामीसँग धेरै मानिस छन् कि जेल जान्छु कि मर्छु भनेर काठमाण्डौ आएको हुँ, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लिएको उनले बताए पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए

सम्बन्धित समाचार