२०८३ बैशाख २१ गते , सोमबार

मंसिर ७ मा प्रसाई र युवा संघ आमने सामने हुँदै

लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई औँला तल झार्ने ओलीको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २ गते , शनिबार
मंसिर ७ मा प्रसाई र युवा संघ आमने सामने हुँदै

बिर्तामोड मंसिर गते राजधानीमा दुर्गा प्रसाईँ एमाले कार्यकर्ता आमने सामने हुने भएका छन् दुर्गा प्रसाईले मंसिर गते वृहत नागरिक मुक्ति आन्दोलन भन्दै काठमाडौंमा नागरिक भेला पार्ने कार्यक्रम तय गरेका छन्

उता, एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पनि मंसिर गते नै माइतीघर मण्डलामासमाजमा बढ्यो अराजकता माइतीघर जाऔं भन्दै जुलुस निकाल्ने भएको प्रसाईँले पछिल्लो समयराष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियान मार्फत नेताहरुमाथि गालीगलौज गर्दै आईरहेका छन्

कुनै बेला प्रचण्डका प्रिय पात्र रहेका प्रसाई एमाले माओवादी मिलेर नेकपा बन्दा ओलीप्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए प्रचण्डलाई छाडेर एमाले अध्यक्ष ओलीको नजिक पुगेका प्रसाईँलाई एमालेले चितवन महाधिवेशनमा प्रतिनिधी त्यसपछि केन्द्रिय सदस्य मनोनित गरेर अर्थ विभागको उपप्रमुख नै बनाएको थियो

तर धर्म निरपेक्षता हटाउने राजतन्त्र फर्काउने भन्दै अभियान सुरु गरेपछि एमालेले प्रसाईँलाई कारवाही गरेको थियो

पत्रकार सम्मेलन गरेर प्रसाईँ जमलस्थित होटल एल्लो प्यागोडाबाट बाहिरिँदै गर्दा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले कालोमोलो दलेका थिए त्यसको बदलास्वरुप प्रसाईँले झापामा एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतको कार्यक्रममा अवरोध गर्दै गाडीमा तोडफोड गरेका थिए त्यसपछि एमाले दुर्गा प्रसाईँबीचको झगडा थप तनाबपूर्ण बन्दै गएको

प्रसाईँले एमाले अध्यक्ष केपी ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएपछि ओली एमाले उनीसँग थप चिढिएका छन्

मंसिर गते प्रसाईँले काठमाडौं आउन नागरिकहरुलाई आव्हान गरेका छन् भने एमाले निकट युवा संघले पनि माइतीघरमा प्रदर्शनको कार्यक्रम राखेका यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेर मुलुकको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका छन्

लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई औँला तल झार्ने एमाले अध्यक्ष ओलीको चेतावनी

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताएका छन् शनिवार काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने बताए

उनले सो दिन सरकार दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै  शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताए उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने बताए

ओलीले भने–‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर चेतावनीको भाषामा भन्न चाहन्छु लोकतन्त्रको विरुद्ध लड्ने कुरा छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ

युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्ने बताए साथै सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिए उनले पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिए

सम्बन्धित समाचार