२०८३ बैशाख २१ गते , सोमबार

उपप्रमुख संग्रौलालाई माओवादी केन्द्रको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २० गते , सोमबार
उपप्रमुख संग्रौलालाई माओवादी केन्द्रको चेतावनी

बिर्तामोड बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलालाई गलत हर्कत नगर्न नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले चेतावनी दिएको

नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगर कमिटीका अध्यक्ष मोहन सुब्बालाई भाटे कारबाही गर्ने अडियो भिडियो सार्वजनिक भएकोप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको

संग्रौलाले माओवादी केन्द्र सिंगो पार्टीप्रति गलत आक्षेप लगाउँदै दिएको अभिव्यक्ति बिरुद्ध पार्टीले विज्ञप्ति जारी गर्दै संग्रौलालाई गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको हो सोह्र बर्ष अघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित भ्रामक अभिव्यक्ति दिंदै पार्टी नेतृत्व बिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै बिर्तामोड नगर कमिटीले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्नसमेत चुनौती दिएको नगर उपाध्यक्ष जनबहादुर (जेबी) जबेगु सचिव गणेश कालिकोटेले हस्ताक्षर गरेको विज्ञप्तिमा पटक पटक पार्टी नेतृत्व विरुद्ध मिथ्या आरोप लगाउँदै आएका संग्रौलालाई बिना प्रमाण जथाभावी नबोल्नसमेत चेतावनी दिएकोछ

सम्बन्धित समाचार