२०८३ बैशाख २१ गते , सोमबार

एमालेले कोशी सरकारलाई दिएको समर्थन कायम राख्ने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २० गते , सोमबार
एमालेले कोशी सरकारलाई दिएको समर्थन कायम राख्ने

बिराटनगर नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं,’ उनले भनेका छन्

सरकारको काम कारबाही परिस्थिति हेरेर समर्थन राखिराख्ने निर्णय गर्ने भण्डारीले बताए

सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए

नेकपा एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की २७ असोजमा मुख्यमन्त्री बनेका थिए २८ असोजमा शपथ ग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना कांग्रेस विद्रोही समूहबाट सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए

कात्तिकमा विश्वासको मत लिएका कार्कीले शुक्रबार माओवादी केन्द्रबाट गणेश उप्रेती नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए

मुख्यमन्त्री कार्कीले गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको थियो

सम्बन्धित समाचार