२०८३ बैशाख २१ गते , सोमबार

कोशी सरकार विस्तारबारे एमाले–कांग्रेस छलफल निष्कर्षविहिन

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १३ गते , सोमबार
कोशी सरकार विस्तारबारे एमाले–कांग्रेस छलफल निष्कर्षविहिन

विराटनगर सत्ता साझेदारी सरकार विस्तारको लागि निर्णायक भनिएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमालेबीचको छलफल निष्कर्षहिन भएको

मुख्यमन्त्री कार्यालयमा सोमबार भएको छलफलमा सरकार विस्तार, प्रतिस्थापन विधेयक ल्याउने सदन सञ्चालनबारे छलफल भएपनि निष्कर्ष नआएको नेताहरुले बताएका छन् छलफलमा एमालेबाट संसदीय दलका उपनेता एवं विनाविभागीय मन्त्री रामबहादुर राना प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा मुख्यमन्त्री कार्की मन्त्री शमशेर राई सहभागी थिए नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की भने काठमाण्डौमा रहेकोले आजको छलफलमा थिएनन्

छलफलमा मन्त्रिमण्डल विस्तार गरेपछि मात्रै बजेट पास गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए तर, मन्त्रीमण्डल विस्तार गर्ने विषयमा भने कुनै सहमति भएन एमालेले सरकारमा तत्काल आफ्नो पार्टीका मन्त्रीहरु सहभागी गराउन दबाब दिएपनि मुख्यमन्त्रीले कुनै निर्णय गरेका छैनन्

हामीले भोलि नै मन्त्रीमण्डल विस्तार गरौँ भनेर मुख्यमन्त्रीलाई भन्यौ भण्डारीले भने, ‘उहाँले काँग्रेस संसदीय दलको नेतासँग पनि छलफल गर्छु भन्नुभयो एमालेले आजको छलफलमा पनि सरकारमा काँग्रेस एमाले मात्र सहभागी हुनुपर्ने अडान राखेको त्यसबारे भोलि काँग्रेस संसदीय दलका नेता उद्धब थापासँग पनि छलफल गर्नेछौं उनले भने, ‘काँग्रेस एमालेलाई मात्रै समेटेर मन्त्रिमण्डल विस्तार गर्नुपर्ने आफूहरुको अडान कायमै

नेकपा एमालेले केन्द्रमा भएको गठबन्धनलाई जस्ताको त्यस्तै प्रदेश सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको हामीले पहिला जे भन्दै आएका थियौ अहिले पनि त्यही कुरा मुख्यमन्त्रीलाई भनेका छौं,’ भण्डारीले भने, ‘मुख्यमन्त्रीले सहमतिको सरकार बनाउने भनेपनि त्यो संभावना छैन राप्रपाले प्रमुख प्रतिपक्षी दलमा बस्ने भनेर निवेदन नै दिएको अवस्थामा मुख्यमन्त्रीले अल्मल्याउनका लागि मात्रै सहमतिको सरकार भनेको भण्डारीको भनाइ

आइतबार झापामा भएको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउनका लागि मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको बताएका थिए त्यसपछि एमाले तनाबमा उसले तत्काल सरकार विस्तार गर्नुपर्ने आफ्नो दललाई वटा मन्त्रालय दिनुपर्ने अडान राखेको सोमबारको छलफलमा पनि काँग्रेसले वटा एमालेले वटा मन्त्रालय लिनुपर्ने अडान राखेको भण्डारीले जानकारी दिए

सरकारका प्रवक्तासमेत रहेका विनाविभागीय मन्त्री शमशेर राईले चाडै विस्तार गर्ने सहमति भएको बताए उनले प्रदेशमा सहमतिको सरकार बन्ने संभावना रहेको भन्दै गठबन्धनबाहेकको सरकार नबन्ने स्पष्ट पारे गठबन्धनसहित वा गठबन्धन बाहेकको सरकार हैन उनले भने, ‘गठबन्धनमा एउटा शक्ति (एमाले) थपिएको रुपमा बुझ्नपर्छ गठबन्धन तथा एमालेसँग छलफल गर्ने जिम्मा संसदीय दलका नेता उद्धव थापालाई दिएको उनले बताए

संविधानको धारा १६८ को उपधारा अनुसार काँग्रेसबाट विद्रोह गरेका सांसदसहित नेकपा एमालेको सथर्मनमा कार्की असोज २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए उनले कार्तिक गते प्रदेशसभाबाट राप्रपाबाहेक सबै दलको विश्वासको मत पाएपनि सरकार विस्तार गर्न सकेका छैनन्

सम्बन्धित समाचार