२०८३ बैशाख २० गते , आईतबार

तीन बर्ष अघिको भिडियोलाई लिएर अनर्गल हल्ला फिँजाइयो : ओली

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १३ गते , सोमबार
तीन बर्ष अघिको भिडियोलाई लिएर अनर्गल हल्ला फिँजाइयो : ओली

काठमाण्डौ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्ष अगाडिको भिडियोलाई अहिले फिँजाएर अफवाह फैलाउन खोजिएको आरोप लगाएका छन

एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंले जी टीभीको पुरानो भिडियोलाई आधार बनाएर ओलीले कम्बोडियाको कम्पनीमा लगानी गरेको आरोप लगाएका थिए त्यसको जबाफ दिदै ओलीले नेपालले आफ्नो नक्सा जारी गरेको विरोधमा भारतीय जी टीभीले बनाएको अनर्गल भिडियो शेयर गरिएको बताएका हुन्

गण्डकी प्रदेशका निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै ओलीले भनेएमालेलाई बदनाम गर्ने रोडम्यापअनुसार कम्बोडियाको कुरा ल्याइएको हो कम्बोडियामा हजार करोड राखेको छु भन्ने पत्ता लगाउनेलाई त्यसमा हजार रुपैयाँ थपेर दिन्छु, त्योभन्दा धेरै दिनलाई मसँग पैसा छैन

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय जी टीभीले केही अनर्गल प्रचार गरेको उनको दाबी कम्बोडियाको दूरसञ्चार कम्पनीमा ओलीले हजार करोड लगानी गरेको भनेर प्रचार गरियो पछि उनीहरूले त्यो कुरा सच्याएर माफी मागेपछि मैले उनीहरूलाई अन्तर्वार्ता दिएको हुँ,’ ओलीले भने, ‘ वर्षअघि प्रचार गरेर सच्चाइसकेको भिडियो अहिले आएर नेपालमा हल्ला फिँजाएका छन् ओलीको नाममा सिमरामा २७ विघा जमिन रहेको हल्ला चलाए, गठ्ठाघरमा ३७ रोपनी लिएको भनेर हल्ला चलाए स्विस बैंकमा लगेर ६० करोड  भनेर हल्ला चलाएउनले भने

सम्बन्धित समाचार