२०८३ बैशाख २० गते , आईतबार

प्रतिपक्ष बनेर कुनामा बस्नु पर्ने परिस्थिति सिर्जना भएपछि मुख्यमन्त्री बनेको हुँ : केदार कार्की

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १२ गते , आईतबार
प्रतिपक्ष बनेर कुनामा बस्नु पर्ने परिस्थिति सिर्जना भएपछि मुख्यमन्त्री बनेको हुँ : केदार कार्की

बिर्तामोड कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सांसदलाई प्राप्त संविधान प्रदत्त अधिकार उपयोग गरी आफू मुख्यमन्त्री बनेको राजनीति कोर्षलाई पार्टी भित्रको आन्तरिक विद्रोहको रूपमा नबुझ्न आग्रह गरेका छन्

उनले संविधानको धारा १६८ को उपधारा ले सुनिश्चित गरेको संवैधानिक व्यवस्था अनुरुप आफू मुख्यमन्त्री बनेको स्पष्ट समेत पारे

पार्टी भित्र विद्रोह गरेर मुख्यमन्त्री बनेको होइन, संवैधानिक व्यवस्था अनुरुप नै बनेको हुँ नेपाली काङ्ग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागतसम्मान कार्यक्रममा कार्कीले भने, ‘काङ्ग्रेसका सांसद प्रतिपक्ष बनेर कुनामा बस्नु पर्ने परिस्थिति सिर्जना भएपछि संविधानको धारा १६८ (५) को सदुपयोग गरेर मुख्यमन्त्री बनेको हुँ, अन्यथा केही होइन

दुईदुई पटकको पहलमा पनि काङ्ग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको उनको तर्क

पार्टीको संस्थागत निर्णय पूर्णपालना हुनेछ, पार्टीको नीति, सिद्धान्त विचार अनुकुल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्ध छु,’ उनले भने, ‘ मुख्यमन्त्री  बन्नु पार्टीको हित कोशी प्रदेशमा सम्मुख बनेको राजनीतिक संकट टर्नु हो  

मुख्यमन्त्री कार्कीले जनताको अधिकतम् हितमा प्रदेशका योजना चयन गरेर बजेट बनाउने सरकार सञ्चालन गर्ने जिकिर समेत गरे  

काङ्ग्रेस कोशी प्रदेश समिति सभापति उद्वव थापाले कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा कार्की राजनीतिक मैदानमा उत्रिएर सत्ताको नेतृत्वमा काङ्ग्रेस फर्कनु मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवपूर्ण क्षण भएको बताए

संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले  प्रदेश सरकार आवश्यक भन्ने भावना जागृत हुने गरी काम गर्न कार्कीलाई सुझाव दिए

काङ्ग्रेस झापा उपसभापति केशवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईंले गरेका थिए

कोशीको मुख्यमन्त्री बनेपछि दशैँको समापनसँगै पहिलोपटक झापा आएका कार्कीको सम्मानमा काङ्ग्रेस नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेकोे काङ्ग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जनाए

सम्बन्धित समाचार