२०८३ बैशाख २० गते , आईतबार

माओवादीको ‘जनतासँग विशेष रुपान्तरण अभियान’को म्याद थप

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १२ गते , आईतबार
माओवादीको ‘जनतासँग विशेष रुपान्तरण अभियान’को म्याद थप

बिर्तामोड माओवादी केन्द्रलेजनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दशैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए

अभियान अन्तर्गत अहिलेसम्म भएका कामको समीक्षा भयो यो बिचमा दशैँ, तिहार जस्ता ठुला चाडपर्व परेकाले डिस्टर्बेन्स भएकाले एक महिना म्याद थप्ने निर्णय बैठकले गरेको , साहले भने

यस्तै बैठकमा शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, विपक्षी दलका नेता केपी ओलीसँग भएको भेटवार्ताबारे अध्यक्ष प्रचण्डले बैठकमा सामान्य जानकारी गराएको उनले बताए

साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुने सचिव साहले बताए

सम्बन्धित समाचार