कांग्रेसको चियापानमा सहभागी भए दलका शीर्ष नेताहरु
काठमाण्डौ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा दलका शीर्ष नेताहरु सहभागी भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड_, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताहरु कार्यक्रममा सहभागी भएका हुन् ।
प्रचण्डको नेतृत्वमा माओवादी नेताहरु जनार्दन शर्मा, अग्नि सापकोटा लगायतका नेताहरु सहभागी भएका हुन् ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, रास्वपाका सभापति रवि लामिछाने, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका छन् ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।