२०८३ बैशाख २० गते , आईतबार

दलहरुलाई राम्रो काम गरेर देखाउन लिङ्देनको आग्रह

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ९ गते , विहीबार
दलहरुलाई राम्रो काम गरेर देखाउन लिङ्देनको आग्रह

काठमाण्डौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।
बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई लिङ्देनले चुनौती दिए ।
जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए ।
नविन राप्रपा कार्ययोजना अन्तरगत संगठन विस्तारलाई तिव्रता दिएको र भूगोल बाहिरको नेपालमा पनि संगठन विस्तार भइरहेको उनले जानकारी दिए । सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारीसहित अमेरिका उडेका राप्रपा अध्यक्ष लिङ्देन २१ गते फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार