२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २९ गते , सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी

बिर्तामोड कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्

संविधानको धारा १६८ को उपधारा अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्

सत्ता गठबन्धन नेपाली काँग्रेसको आधिकारिक निर्णयविपरित एमालेको साथमा मुख्यमन्त्री बनेका उनीमाथि एमाले गठबन्धनको दबाब बढ्दै गएपछि तत्काल विश्वासको मत लिन लागेका हुन् आफूसहित काँग्रेसका एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई सत्ता गठबन्धनले स्वीकार गरेर गठबन्धन कायम राख्ने निर्णय गरेको भने एमालेले आफूहरुसँग भएको सहमतिका आधारमा मात्र अगाडी बढ्नुपर्ने दबाब दिइरहेको

एमालेका उपनेता रामबहादुर मगर आफूसँग कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई आइतबार आफ्नो शपथसँगै विनाविभागीय मन्त्री नियुक्त गरेका कार्कीले आफ्नो आगामी रणनीतिबारे केहि बताएका छैनन् नेपाली काँग्रेसका नेता शेखर कोइरालाको योजनामा विद्रोह गरेका कार्कीलाई अब गठबन्धनकै सहयोगमा अगाडी बढाउने लिखित सहमति शेखरसहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवाले गरिसकेका छन्

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडी प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो

विश्वासको मत प्राप्त गर्न कार्कीले एमाले गठबन्धनमा आबद्ध दलहरुबीच पनि छलफल गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको

सम्बन्धित समाचार