२०८३ बैशाख २० गते , आईतबार

कोशीमा मन्त्री परिषद गठन, इलामका राई र राना बने मन्त्री

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
कोशीमा मन्त्री परिषद गठन, इलामका राई र राना बने मन्त्री

बिर्तामोड कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्री परिषद गठन गरेका छन् एमाले सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आइतबार मन्त्री परिषद विस्तार गरेका हुन्

नव गठित मन्त्री परिषदमा इलामका दुई जना मन्त्री बनेका छन् इलामका सांसदद्वय रामबहादुर राना शम्शेर राई कार्की क्याबिनेटमा समेटिएका छन्  

शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार मन्त्री परिषद विस्तार गरेका हुन कार्कीले इलामका कांग्रेस सांसद राई एमाले सांसद रानालाई मन्त्रीमा नियुक्त गरेका छन् यसअघि उद्धव थापाले ओखलढुंगाका दुई जना सांसदलाई मन्त्री बनाएका थिए

संविधानको धारा १६८ -_ अनुसार कांग्रेसका एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् कांग्रेसका सांसदहरु कांग्रेस नेता शेखर कोइराला निकटका हुन् प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेदेखि नै कोइरालाले मुख्यमन्त्री कार्कीलाई बनाउन लबिङ गर्दै आएका थिए शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा कोइरालाबीच सत्तारुढ गठबन्धनलाई मजबुत बनाउने सहमति गरेका थिए एमालेले कार्कीसँग तीन विषयमा सहमति भएको त्यसमा सरकारमा सहभागिताको विषय समेत रहेको जनाएको उनीहरुले कार्की आफ्नो प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन गर्ने जनाएका छन्

सम्बन्धित समाचार