२०८३ बैशाख २० गते , आईतबार

संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा

बिर्तामोड कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्

उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताए

मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु

उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गरे

सम्बन्धित समाचार