२०८३ बैशाख २० गते , आईतबार

कोशीका मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
कोशीका मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त

बिर्तामोड कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ -_ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए कांग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका प्रदेशसभा सदस्य एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए

दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान बजेदेखि दिउँसो बजेसम्म हस्ताक्षर सनाखत गर्न भनेको थियो

कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरे लगतै प्रदेश प्रमुख पापुङले संविधानको धारा १६८ -_ अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे

सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु

सम्बन्धित समाचार