२०८३ बैशाख २० गते , आईतबार

झापामा समाजवादी मोर्चाको सन्देशसभा असोज २४ गते, ‘विप्लव’ मुख्य वक्ता रहने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १८ गते , विहीबार
झापामा समाजवादी मोर्चाको सन्देशसभा असोज २४ गते, ‘विप्लव’ मुख्य वक्ता रहने

बिर्तामोड नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी नेपाल कम्युनिष्ट पार्टीको समाजवादी मोर्चाले झापामा सन्देशसभा गर्ने भएको असोज २४ गते बिर्तामोडको सिटी सेन्टरमा सन्देशसभा आयोजना गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो

सन्देशसभामा समाजवादी मोर्चा कसरी अगाडी बढ्दैछ भन्ने जानकारी गराउनुका साथै झापाको मोर्चा घोषणा गर्ने नेताहरुले बताए नेपालमा पछिल्लो समय विकास भएका घटनाक्रमको बारेमा झापाली जनतालाई जानकारी दिने मुलुकलाई निकास दिने सम्बन्धमा सन्देश दिने उद्धेश्यले सन्देशसभा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमन सीले जानकारी दिए सम्पूर्ण अग्रगमन चाहने वामपन्थी लोकतन्त्रवादीहरु एक भएर पश्चगमन प्रतिगमनकारीहरुको विरुद्धमा अगाडी बढ्नु पर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए

प्रतिगमनको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओली पुनर्उत्थानवादी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको जिल्लाबाट समाजवादी मोर्चाले मुलुकलाई समृद्ध स्वावलम्बी जनता बनाउन चाहेको सन्देश दिन शुरु गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य -अग्नी_ले बताए

नेत्र विक्रम चन्दविप्लव प्रमुख अतिथी रहने सन्देशसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल -बलदेव_, समाजवादीका केन्द्रीय सचिव तथा प्रदेश का पूर्व मुख्यमन्त्री राजेन्द्र राई जनता समाजवादी पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले समेत सम्बोधन गर्ने कार्यक्रममा जानकारी दिइयो कार्यक्रममा चार वटै पार्टीका अगुवा कार्यकर्ताहरुको उपस्थित हुने नेताहरुले बताए

देशभर समाजवादी मोर्चाको पालिकास्तरसम्म समिति गठन गर्ने नीति अनुरुप झापाको पनि समिति गठन भएको नेकपाका पूर्व झापा इञ्चार्ज प्रसान्त सी संयोजक रहने गरी नेकपा झापाका पश्चिम इञ्चार्ज सञ्जय सी, पूर्व इञ्चार्ज हुकुम सी, माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरिया, पुरुषोत्तम चुडाल, जिल्ला सचिव मोहन टुडु, एकिकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मी, सचिवालय सदस्य विपी भट्टराई, जिल्ला सदस्य पदम सुब्बा, जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राई, सनम राजवंशी सन्तोष गणेश सदस्य रहेको मोर्चाको झापाको सचिवालय गठन भएको  

सम्बन्धित समाचार