२०८३ बैशाख २० गते , आईतबार

एमाले कोशी प्रदेश पदाधिकारीमा खतिवडा प्यानलै विजयी

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
एमाले कोशी प्रदेश पदाधिकारीमा खतिवडा प्यानलै विजयी

विराटनगर नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्

खतिवडाले  ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याए ३५ मत बदर भएको

खतिवडा मोरङ बाट निर्वाचित पूर्व सांसद तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन् ढकाल केन्द्रीय कमिटी सदस्य थिए

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी खोटाङका देवान राई विजयी भएका छन् सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन्

उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन्

 

सम्बन्धित समाचार