गौरादहमा ५१ सदस्यीय माके नगर कमिटी गठन
गौरादह । नेकपा माओवादी केन्द्रको जनतासग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत गौरादह नगरको बिशेष नगर भेला सम्पन्न भएको छ । गौरादह ८ जुरोपानी स्थित शिवालय मन्दिरको हलमा भएको विशेष भेलाले माधव भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय गौरादह नगर कमिटी समेत गठन गरेको छ ।
नगर कमिटीको उपाध्यक्षमा क्रमशः छबिन्द्र बस्नेत, गणेश राजबंशी र कमला खड्का रहेका छन् भने सचिवमा बिशाल ढकाललाई चयन गरिएको छ । त्यसैगरी सह सचिब कुमार पौडेल, शंकर कट्टेल र गणेश कार्की, कोषाध्यक्षमा चुडा भुजेल चयन भएका छन् । त्यसैगरी भेलाले सुनिल खड्का, राजन खनाल, ज्ञानेन्द्र लुइटेल, जागिराम अधिकारीलाई कार्यालय सदस्यमा चयन गर्दै ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
भेलामा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले ३ महिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले प्रचण्ड सरकारमा आएपछी नागरिकता वितरण, भ्रस्टाचारीहरुलाई पक्राउ, सुशासन लगायतका धेरै कामहरु भएकाले माओवादीले मात्र देशको हितमा काम गर्ने समेत बताए ।
माओवादीको एजेण्डामा टेकेर अरुले माओवादीलाई नै गाली गरेको देख्दा अचम्म लाग्ने गरेको पनि आङ्बोले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती (सुशील), प्रदेश कोषाध्यक्ष गगन पुरी, प्रदेश सदस्य बिरेन्द्र बस्नेत, हुकुम सिंह नेपाली, दमक नगर इन्चार्ज वेदु गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।