२०८३ बैशाख २० गते , आईतबार
प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन् ।
दाहालले चीन भ्रमणलगायत विषयमा संसदलाई जानकारी गराउन लागेका छन् ।