२०८३ बैशाख २० गते , आईतबार

झापामा विभिन्न कार्यक्रमका साथ माओवादी विशेष रुपान्तरण अभियान शुरु

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १७ गते , आईतबार
झापामा विभिन्न कार्यक्रमका साथ माओवादी विशेष रुपान्तरण अभियान शुरु

बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानझापामा विभिन्न कार्यक्रम गरी शुरु गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो ।

भदौ १६ गतेदेखि शुरु भएर मंसिर १६ गतेसम्म चल्ने अभियानको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट गरेका थिए ।

झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।

झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव राम कार्की पार्थले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए ।

बुद्धशान्ति४ को टीमाई शिविरमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले माओबादीलाई फेरि जनतातिरै फर्काइदिएको बताएका हुन् । हाम्रा चालचलनहरु विग्रिँदै गएका छन् । हामीले साथीभाई बिर्सिएका छाँैउनले भने । अब हामी सच्चिएर जनतासामु जानुपरेको हो ।

बुद्धशान्तिको सुकुम्बासी, पानीको समस्या लगायत विकासका समस्याहरु सम्बोधन गराउन प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत आश्वासन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगरबुद्धशान्ति संयोजक गोम्बु शेर्पा (कर्ज्याङ), बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बु लगायतले मन्तब्य राखेका थिए ।

शिवसताक्षी वडा नम्बर १० मा रुखमा रंगरोगन तथा सरसफाई गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष नन्दु रायको अध्यक्षताचमा भएको कार्यक्रममा अभियान कमाण्ड केन्द्रिय सदस्य मोहन खड्का प्रमुख अतिथी रहेका थिए । सचिव रबिन न्यौपाने, अभियान संयोजक दिपक बुढाथोकी लगायत कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो  ।

त्यस्तै दमक ७ मा शहिद तपिन राई, धिरेन चोम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन भएको थियो । अन्य वडाहरुमा वृक्षारोपण, सडक सरसफाई  लगायन कार्यक्रम भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम), जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले दमकको कमाण्ड सम्हालिरहेका छन् । आज झापामा माओवादी केन्द्रका करीब १२ हजार नेता कार्यकर्ता परिचालन भएको संयोजक आचार्यले जानकारी दिए । 

यस्तै, मेचीनगरको धुलाबारीमा प्रदेश सदस्य राजु दाहालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको विशिष्ठ आतिथ्यतामा दुई विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्कालगायतले बोलेका थिए ।

यस्तै, भद्रपुर वडा नम्बर ७ को कार्यक्रममा पूर्व सभासद पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति वानेम, शिबु बुढाथोकीलगायतको उपस्थितीमा कार्यक्रम उद्घाटन भएको छ ।

बिर्तामोड  नगरपालिका वडा नम्बर ३ बिराट पोखरी परिसरमा सरसफाइ तथा बोटबिरुवा गोडमेल कार्यक्रम गरेर अभियानको उद्घाटन गरिएको छ ।

अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डलले गरेका छन् । बिर्तामोड३ का पार्टी अध्यक्ष तुलसी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभियान बिर्तामोड कमाण्ड प्रमुख कल्पना कार्की (भुमिका), पार्टीका केन्द्रिय सल्लाहकार टेकबहादुर साह शंकर, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देल, वडा इञ्चार्ज जगन्नाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड४ मा कार्यकर्तासँग अन्तरक्रिया गरेर अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डल, बिर्तामोड४ का अभियान संयोजक राकेशकुमार सिंह, वडाउपाध्यक्ष धनसिंह राजवंशी, ओमप्रकाश श्रेष्ठ ४ नं. वडा कमाण्ड प्रमुख देबकला प्रसाई, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिका वडा नं. ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् ।

३ महिने अभियानमा कमल गाउँपालिकामा बृक्षारोपण, सडक तथा बजार सरसफाई लगायतका कामको थालनी गरेको कमलमा अभियान संयोजक माओवादी केन्द्र कोशी प्रदेशका सहसचिव गणेश उप्रेती (शुशिल)ले बताए ।

यो पनि पढ्नुहोस

जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान : अर्जुनधारा र हल्दिबारीमा उत्साहका साथ उद्घाटन

 

सम्बन्धित समाचार