२०८३ बैशाख २० गते , आईतबार

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान शुरु

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १६ गते , शनिबार
माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान शुरु

बिर्तामोड । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रूपान्तरणतीन महिने अभियान शनिबारदेखि शुरु भएको छ ।   २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेको हो ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री  एवं  पार्टी  अध्यक्ष  पुष्पकमल  दाहाल  प्रचण्डले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गरेका छन्  ।  प्रधानमन्त्री  प्रचण्डले  अभियानको उद्घाटन  पेरिसडाँडाबाट गरेका छन् । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड  चन्द्रागिरीघट्टेडाँडा  पार्कमा  हुने  कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुने छन् ।

अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आआफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडावडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

 

सम्बन्धित समाचार