२०८३ बैशाख २० गते , आईतबार

कोशी प्रदेशका मुख्यमन्त्री थापा विरुद्धको रिट हेर्न नमिल्ने

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १५ गते , शुक्रबार
कोशी प्रदेशका मुख्यमन्त्री थापा विरुद्धको रिट हेर्न नमिल्ने

काठमाण्डौ । प्रदेश सरकारविरुद्धको रिट हेर्न नमिल्नेभएको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि हेर्न नमिल्नेभएको छ ।

पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन हेर्न नमिल्नेसूचीमा परेको हो ।

खतिवडाको को अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो

सम्बन्धित समाचार