२०८३ बैशाख २० गते , आईतबार

माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा : मौसम

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ७ गते , विहीबार
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा : मौसम

बिर्तामोड । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम)ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । पार्टीले सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको अभिमुखीकरण कार्यक्रम तथा जिल्ला समन्वय समिति झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता आङ्बो त्यस्तो बताएका हुन् ।

उनले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने पार्टीको मूल उद्देश्य भएकाले समाजवाद स्थापित गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि अपरिहार्य रहेको उल्लेख गरे । ठूलो क्रान्तिबाट प्राप्तबाट उपलब्धिलाई अब शान्तिपूर्ण मार्गबाट स्थापित गर्नुपर्छ,’ माओवादी केन्द्रका १ नं. प्रदेश संसदीय दलका नेता समेत रहेका उनले भने, ‘मुलुकको आर्थिक विकासलाई मूल उद्देश्य बनाउनु पर्नेछ ।

मुलुक हरेक कुरामा परनिर्भर भइरहेको अवस्थाको अन्त्य गर्न हरेक नेताकार्यकर्ता जनतामाझ गएर उत्पादन, बजारीकरण, औद्योगिकीकरणमा जोडिनुपर्ने पार्टीको नीति अनुरुप चल्नुपर्ने उनले बताए । केन्द्रदेखि टोलसम्मका नेताकार्यकर्ता लाग्नुपर्छ,’ उनले भने, ‘जनताको घरघरमा गएर उहाँहरुको समस्या बुझ्नुपर्छ ।

त्यस्तै, केन्द्रीय सदस्य शिवकुमार मण्डलले माओवादीकै एजेण्डामा मुलुक चले पनि जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर बन्दै गएको बताए । पार्टीले मुलुकमा ऐतिहासिक परिवर्तन गरेर गणतन्त्र आएको हो,’ उनले भने, ‘तर, पनि अन्य पार्टी भन्दा फरक नदेखिएकाले जनमत घट्दै गएको छ ।

पार्टीको दोष हटाउन र पार्टीलाई जीवन्त बनाउन पार्टीले निर्धारण गरेको तीन महिने अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे । पार्टीलाई बलियो बनाउन माओवादी नेताकार्यकर्ता स्वमय् सच्चिन जरुरी रहेको समेत उनले बताए ।

उनले पछिल्लो समय माओवादी पार्टी पोखरीमा जमेको पानी जस्तो भएको बताउँदै उनले अब गड्गडाएर बग्ने खोला बनाउन पार्टीले ३ महिने अभियान सञ्चालन गर्न लागेको धारणा व्यक्त गरे । परिवर्तनका लागि राष्ट्रियता र सुशासन अनिवार्य भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार मुलुकमा सुशासन कायम गर्न लागि परेको नेता मण्डलले बताए ।

सम्बन्धित समाचार