२०८३ बैशाख २० गते , आईतबार

प्रतिनिधि सभाको बैठक आज तीन बजे बस्ने, एमालेले अवरोध नगर्ने

sajilo news
परिवेश मिडिया
२०८० भाद्र ५ गते , मंगलबार
प्रतिनिधि सभाको बैठक आज तीन बजे बस्ने, एमालेले अवरोध नगर्ने

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।
एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा अवरोध नहुने बताए । बर्तौलाले भने, ‘समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक सन्चालन हुन्छ ।’

सम्बन्धित समाचार