२०८३ बैशाख २० गते , आईतबार

जनताका धेरै कुरा उठाउनु छ, चाँडो सदन खुलाउनुस : लामिछाने

sajilo news
परिवेश मिडिया
२०८० भाद्र १ गते , शुक्रबार
जनताका धेरै कुरा उठाउनु छ, चाँडो सदन खुलाउनुस : लामिछाने

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद अवरुद्ध गर्न नहुने बताएका छन् । रास्वपा झापाद्वारा शुक्रबार बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण धेरै समय संसदलाई बन्धक बनाउन नमिल्ने बताएका हुन् ।

जनताका धेरै कुरा उठाउनु छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन

लामिछानेले भ्रष्टाचारका सबै फाइल खोल्ने हो भने पुराना दलका अधिकांश नेताहरुलाई जेल बाहिर नभेटिने दाबीसमेत गरेका छन् । तीन वटा फाइल खुल्दा त यो हालत छ,’ उनले भन, ‘भ्रष्टाचारका सबै फाइल खुल्ने हो भने औंलामा गन्न सकिने नेताहरु मात्र जेल बाहिर हुनेछन् ।

उनले पुराना राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै आगामी ०८४ को आम चुनावमा रास्वपाका उम्मेद्वारहरुलाई जिताएर जनताले पुराना दललाई घण्टी बजाइदिने दाबी गरे ।

पुराना दलहरुप्रति निकै आक्रामक देखिएका लामिछाने नेतालाई सम्पत्ति जोड्न र सुविधासम्पन्न मात्र बनाउन अहिलेसम्म राजनीति भइरहेको टिप्पणी गर्दै उनीहरु नसुध्रिने बताए ।

सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । आजै सभापति लामिछानेले दमकमा आयोजित जनसभालाई समेत सम्बोधन गरेका छन् । आज र भोलि दुई दिनमा लामिछानेले झापामा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

सम्बन्धित समाचार