२०८३ बैशाख २० गते , आईतबार

गयानन्द मण्डल बने कोशीको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३१ गते , बुधबार
गयानन्द मण्डल बने कोशीको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् । कांग्रेसका गयानन्द मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् ।

योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।  यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा ९एकीकृत समाजवादी० बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

सम्बन्धित समाचार