एमालेको प्रदेश अधिवेशन भदौ १६ देखि
काठमाण्डौ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति तोकेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति तोकेको हो ।
पार्टीका उपमहासचिव ज्ञवालीका अनुसार पार्टीले भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ । त्यस्तै असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १० र ११ कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्ने, पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु रहनुपर्नेछ । त्यस्तै बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गरेको छ। सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय पनि पार्टीले गरेको छ ।
उनले भने, ‘बैठकले प्रदेश अधिवेशनका मिति तय गरेको छ । जसमा भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा असोज ५ र ६ गते मधेस प्रदेश, ८ र ९ मा वागमती प्रदेश, १०,११ कर्णाली प्रदेश, १२,१३ गते कोशी प्रदेश, १५,१६ गते गण्डकी प्रदेश, १९,२० उपत्यका विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्नेछौँ । यो अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुनेछ । पालिकाबाट प्रतिनिधिहरुको निर्वाचन हुनेछ । ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनुपर्ने कुरामा ध्यान दिनुपर्नेछ। वडा र टोलमा ४० वर्ष मुनिका कम्तिमा एक तिहाई युवाहरु अनिवार्य समावेश हुनुपर्नेछ । पालिकामा अनिवार्य २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत अनिवार्य युवाहरु हुनुपर्नेछ । बैठकले केन्द्रिय कमिटीको सदस्यको रुपमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनयन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशमा शंकरदत्त जोशी र वागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रिय सल्लाहकार परिषद्मा ल्याउने निर्णय गरिएको छ ।’